शल्यक्रियापछि महिलाको पेटमा हलचल भइरहेको थियो, सत्य थाहा पाउँदा सातो गयो
काठमाडौं । एउटी महिलालाई अण्डाशयमा समस्या थियो । उनको उपचारका लागि शल्यक्रिया गरिएको थियो । तर शल्यक्रिया गरेको ५ दिनपछि महिलाले पेटमा हलचल महसुस गरिन् । यस्तो अवस्थामा उनी फेरि डाक्टरकहाँ गइन् । डाक्टरहरुले चेकअप गर्दा पेटमा यस्तो कुरा भेटियो कि महिला छक्क परिन् ।
मेट्रो युकेका अनुसार यो घटना बेलायतको पूर्वी लन्डनको हो। यहाँ एक ४९ वर्षीया महिलाले हालै आफ्नो शल्यक्रियाको बारेमा अचम्मको खुलासा गरेकी छिन् । उनले केही वर्षअघि अण्डाशयको शल्यक्रिया गरेको बताइन् ।
शल्यक्रियापछि पेटमा हलचल देखिएपछि फेरि परीक्षण गराइयो । अनुसन्धानमा उनको पेटमा ब्लेडको टुक्रा रहेको पाइएको थियो । यो ब्लेड शल्यचिकित्सकहरूले शल्यक्रियामा प्रयोग गरेका थिए। एक रिपोर्टका अनुसार बेलायतमा शल्यक्रियाका क्रममा बिरामीको पेटमा केही छाड्ने धेरै घटना भइसकेका छन् ।
यसबारे ४९ वर्षीया महिलाले भनिन्, ‘जब मलाई होश आयो, पेटमा केही महसुस भयो । उनीहरूले शल्यक्रियामा प्रयोग गरेको ब्लेडको टुक्रा पेटमै भाँचिएको थियो । मैले धेरै रगत गुमाएँ। म पीडाले रोइरहेको थिएँ।’
ब्लेडको केही अंश पेटमा पाँच दिनसम्म रहँदा थप दुई साता अस्पतालमा बस्नुपरेको महिलाले बताइन् । उनको फेरि शल्यक्रिया गरियो र ब्लेड निकालियो। महिलाले भनिन्–यो सब देखेर बाँच्ने आशा नै हराएको थियो । म सर्जनलाई अब विश्वास गर्न सक्दिन।
तर, पेटमा कैंची, ब्लेड वा अन्य कुनै वस्तु छोडेको यो पहिलो घटना भने होइन । सन् २०२१ देखि २०२२ सम्म बेलायतमा संयोगवश सामान छाडेका २९१ घटना भएको एक तथ्यांकमा उल्लेख छ ।







डिसी नेपाल







Facebook Comment