४७ वर्षसम्म श्रीमानका लागि श्रीमतीले गरिन् यस्तो काम, आज विश्वले प्रशंसा गरिरहेको छ
काठमाडौं । बिहे गरेको एक वर्ष नबित्दै श्रीमानलाई पक्षघात भयो । यस्तो नाजुक परिस्थितिमा पनि श्रीमतीले हिम्मत हारिनन् र पाँच दशकदेखि उनको हेरचाह गरिरहेकी छिन् । ती महिलाको त्याग देखेर चिनियाँ सञ्चारमाध्यममा मानिसहरुले निकै चर्चा र प्रशंसा गरिरहेका छन् । महिलाले आफ्नो व्यवहारका कारण धेरै पुरस्कार पाएकी छिन् । चोट लागेपछि महिलाका श्रीमान पक्षघातग्रस्त भएका थिए । उनी ४७ वर्षदेखि ओछ्यानमा छन् ।
चेन किउहुआ ६९ वर्षकी भइन्, उनले विगत ४७ वर्षदेखि आफ्ना पति रेन जुनसानको हेरचाह गर्दै आएकी छिन्। चेन चीनको शान्सी प्रान्तको जियाङयुवान काउन्टीका बासिन्दा हुन्। पक्षाघातका कारण रेनको शरीरको तल्लो भागमा कुनै नियन्त्रण हुँदैन । उनी आफैले पिसाब र मल निकाल्न सक्दैनन्।
चेनले घरको गुजारा चलाउन सिलाईको काम गर्छिन्। उनले आफ्नो पक्षघाती श्रीमानको पूर्ण हेरचाह गर्छिन्। चेन हरेक दिन आफ्नो पतिको शरीर सफा गर्छिन्। श्रीमानलाई ओछ्यानमा दुखाइ नहोस् भनेर उनी हरेक दुई घण्टामा मसाज गर्छिन् ।
सन् १९७६ मा खानीमा काम गर्ने क्रममा रेनको कम्मरमा ढुंगा खसेपछि उनी सदाका लागि पक्षाघातग्रस्त भए । यो घटना हुँदा रेन र चेनको विवाह भएको एक वर्ष मात्र भएको थियो। त्यसबेला चेन गर्भवती थिइन् र छोरो जन्माउन लागेकी थिइन् ।
चेनले आफ्नो अनुभवको बारेमा भनिन्, ‘पति र पत्नीले कठिन समयमा एकअर्कालाई सहयोग गर्नुपर्छ। जतिसुकै पैसा सकिए पनि श्रीमान्को ख्याल राख्ने प्रयास गर्छु ।
चेनले आफ्नो पतिको हेरचाह गर्ने तरिकाले धेरै मानिसहरूको मन छोएको छ। उनका छिमेकी पनि यसबाट निकै प्रभावित छन् । छिमेकीहरू पनि चेनलाई आवश्यक पर्दा मद्दत गर्न तयार छन्।
एक छिमेकीले भनिन्, ‘यति वर्षदेखि हामीले यो सबै हेर्दै आएका छौँ, कसरी सानो–ठूला कुराको ख्याल राख्छिन् । हामी बुझ्न सक्छौं कि यो सबै कति गाह्रो छ, हामी पनि चेनलाई मद्दत गर्न सक्दो प्रयास गर्छौं।’
छिमेकीले भने कि चेनको घर सधैं सफा देखिन्छ। रेन पनि आकर्षक देखिन्छन् र सधैं सफा देखिन्छन्।
स्थानीय तहमा चेनलाई जनताले रोल मोडलका रुपमा हेरेका छन्, उनले विगत केही वर्षमा सरकारबाट धेरै पुरस्कार पनि पाएकी छिन् । उनलाई ‘गुड सामरिटन्स अफ चाइना’ भनेर पनि सम्मान गरिएको थियो ।







डिसी नेपाल







Facebook Comment