चीनको हेनान प्रान्तमा ९० प्रतिशत कोभिड संक्रमित

डिसी नेपाल
२६ पुष २०७९ ११:०५
144
Shares

बेइजिङ। पछिल्लो समय चीनको तेस्रो ठूलो जनसंख्या भएको हेनान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। प्रान्तका ९० प्रतिशतभन्दा बढी जनसंख्या कोभिडबाट संक्रमित भएका स्वास्थ्य अधिकारीले बताएका छन्।

९९ दशमलब ४ मिलियन जनसंख्या भएको उक्त प्रान्तका ८८.५ मिलियन मानिस संक्रमित भएका प्रान्तीय अधिकारी कान क्वाचेङले एक पत्रकार सम्मेलनमा जानकारी दिए।

तर, कोभिड संक्रमण कहिले फैलिएको थियो भन्ने बारेमा उनले केही बताएनन्। तर सरकारले तीन साताअघि कोभिडसम्बन्धी सम्पूर्ण प्रतिबन्ध हटाएकोले संक्रमणका घटनामा पनि त्यस यता वृद्धि भएको अनुमान गरिएको छ।

प्रान्तका ज्वरो क्लिनिकहरुमा उपचार गर्न जाने विरामीको चाप १९ डिसेम्बरमा उच्च रहेको पनि ती अधिकारीले बताए। ‘त्यसपछि संक्रमण निरन्तर गिरावटमा आएको छ।’

ज्नवरी ८ सम्म चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ हजार २७२ पुगेको छ, जुन संक्रमणबाट मृत्यु हुने दर सबैभन्दा न्युन दर हो। चीनले सार्वजनिक गरेको तथ्यांकप्रति डब्लूएचओ र अन्य देशहरुले शंका व्यक्त गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *