जो बाइडेनमाथि बोल्सोनारोलाई ब्राजिल फिर्ता पठाउन आफ्ना मान्छेको दबाब

डिसी नेपाल
२६ पुष २०७९ १३:४७
8
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आफ्नो पार्टीका सदस्यहरूले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई फिर्ता पठाउन दबाब दिइरहेका छन् ।

आइतबार, ब्राजिलमा बोल्सोनारोका हजारौं समर्थक संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा प्रवेश गरे र प्रदर्शन र तोडफोड गरे। त्यसयता अहिलेसम्म करिब १५ सय जना पक्राउ परेका छन् ।

डेमोक्र्याट नेता जोकिन क्यास्ट्रोले सीएनएनलाई भने, “बोल्सोनारो फ्लोरिडामा हुनु हुँदैन। ब्राजिलमा आतंकवादलाई उक्साउने यो तानाशाहको लागि अमेरिका आश्रयस्थान बन्नु हुँदैन। उनलाई ब्राजिलको जेलमा फिर्ता पठाइनुपर्छ।”

अर्को डेमोक्र्याट, अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले आफ्नो ट्वीटमा भने, “अमेरिकाले बोल्सोनारोलाई फ्लोरिडामा बस्नबाट रोक्नु पर्छ।”

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सोमबार भने कि अमेरिकाले बोल्सोनारोको भिसाको सम्बन्धमा ब्राजिल सरकारबाट कुनै “औपचारिक अनुरोध” प्राप्त गरेको छैन।

यसैबीच, ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो पेट दुखाइका कारण फ्लोरिडाको अस्पतालमा भर्ना भएका छन् । बोल्सोनारोकी श्रीमतीले यो जानकारी दिएकी हुन् । रिपोर्टका अनुसार बोल्सोनारोलाई सोमबार ओर्लान्डो नजिकको अस्पतालमा लगिएको थियो।

सन् २०१८ मा बोल्सोनारोलाई धारिलो हतियारले प्रहार गरिएको थियो, त्यसपछि उनी पेट दुख्ने गुनासो गर्दै आएका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बोल्सोनारोका परिवारका नजिककाले उनको अवस्था चिन्ताजनक नभएको बताए ।

बोल्सोनारो १० दिनअघि ब्राजिलबाट अमेरिका सरेका थिए । उनले नयाँ राष्ट्रपति लुला दा सिल्भालाई सत्ता हस्तान्तरणको लागि आयोजना गरेको समारोहमा समेत सहभागी भएनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *