मधेस प्रदेशमा तीन पार्टीको सरकार, मुख्यमन्त्री यादवले लिए सपथ

डिसी नेपाल
२९ पुष २०७९ १३:२१
88
Shares

जनकपुर। मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ। नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रवार शपथ लिएका छन्।

जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रवाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मुख्यमन्त्री यादवले मन्त्रीपरिषद विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन्।

जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गरेका हुन्। तत्कालका लागि तीनै जना बिना बिभागियको रहेका छन्। मुख्यमन्त्री यादवका अनुसार उनीहरुलाई पछि जिम्मेवारी तोकिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *