बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक जारी

डिसी नेपाल
१ माघ २०७९ १३:४९
136
Shares

काठमाडौं। बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक जारी छ।

चालक दलका चार सदस्यसहित ७२ जना यात्रु बोकेको यती एयर लाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल गएका थिए।

जहाज दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ। सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।

पोखरामा ७ र १५ जोड्ने मितेरी पुल नजिक यति एयरको जहाज दुर्घटना भएकोमा अहिले उद्धार कार्य जारी छ। क्षतिका बारेमा अहिले यति नै भन्न नसकिने अवस्था रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *