पोखरा विमान दुर्घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
फाइल फाेटाे।
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
काठमाडौँबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो। दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन आफ्ना पार्टीका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन्।
उक्त विमानमा चालक दलका चार जना सदस्यसहित ६८ यात्रु सवार थिए। विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनामा परेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment