एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने

डिसी नेपाल
२ माघ २०७९ १३:५७
28
Shares

काठमाडौं। एमाले परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक अभ्यास, विधि, व्यवस्था र कूटनीतिक व्यवहार आदि विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा ६ र ७ माघमा पार्क भिलेज, बूढानीलकण्ठमा आयोजना गरिने दुईदिने कार्यशालामा नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारका बारेमा प्रशिक्षण दिइने परराष्ट्र विभागले जनाएको छ।

पार्टीको सचिवालयका पदाधिकारी नेताहरू,परराष्ट्र मामिला विभागका सबै सदस्यहरू, पार्टीका जनसंगठनमध्ये विदेश सम्बन्ध राख्ने र विदेश विभाग गठन गरी त्यस अनुरूपमा गतिविधि गर्दै आएका जनसंगठनका अध्यक्ष, महासचिव र विदेश विभागका प्रमुखहरूको कार्यक्रममा सहभागिता रहने परराष्ट्र विभागले जनाएको छ।

विभागले गत साता १२ वटा जनसंगठनसँग विदेश मामिलाका विषयमा विषय केन्द्रित छलफल गरेको थियो । विभागले आफ्नो बार्षिक कार्ययोजना बमोजिम समय समयमा समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक बिषयमा पनि छलफल चलाउँदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *