लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँडको उम्मेदवारी दर्ता
बुटवल। लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबैजनाले मनोनयन दर्ता गरेका हुन्।
सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् भने उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ता रहेका छन्।
नेपाली कांग्रेसले भने दिउसो ३ बजेसम्म दुबै पदमा उम्मेदवारी नदिएको प्रदेश सभा सचिवालयका सचिव पुनले जानकारी दिए।। सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते निर्वाचन गर्ने कार्यतालिका छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment