चोभारमा कार दुर्घटना
काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ एक कार दुर्घटना भएको छ।
चोभारबाट खोकनातर्फ जाँदै गरेको बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उद्धारका लागि अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट टोली खटिएको बताए। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment