विमान दुर्घटनाः ३ जनाको शव अझै भेटिएन, आजको खोजी कार्य स्थगित
काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका मध्ये ३ जनाको शव अझै फेला पर्न सकेको छैन् । दुर्घटनामा परेका ७२ मध्ये ६९ जनाको शव फेला परेको छ भने ३ जनाको खोजी जारी रहेको छ ।
आज (सोमबार) दिनभर भएको खोजीमा पनि शव फेला नपरेपछि भोली बिहान पुनः खोजी गरिने भएको छ । सोमबार बिहानैदेखि खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगायतका उद्धारकर्ताले खुट्टा, एउटा हात र करङ फेला पारेपनि त्यो एउटै व्यक्ति वा फरक व्यक्तिको हो भन्ने पहिचान भएको छैन् ।
दुर्घटनामा परेका मध्ये ४१ जनाको शव पहिचान भइसकेको छ । शवलाई पोष्टमार्टम पश्चात् परिवारजनलाई बुझाउने र विदेशी तथा पहिचान नभएका शवहरुमात्रै काठमाडौं ल्याइने भएको छ ।
पोखरामा आफन्त भएकाहरुको शव पहिचान गरि त्यही नै बुझाउने र अन्य शवहरु मात्रै काठमाडौं ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । शव परिक्षणका लागि पोखराबाट काठमाडौं शव ल्याउदा समय लाग्ने भएकाले शिक्षण अस्पतालका दुई फरेन्सिक विशेषज्ञलाई पोखरामा नै पठाइएको ठाकुरले बताए ।
दुर्घटनापछि हालसम्म फेला परेका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखि आवश्यक परिक्षण भइरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment