४६ जनाको शव सेनाको हेलिकोप्टरमा मङ्गलबार काठमाडौं ल्याइने
काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये ४६ जनाको शव मङ्गलबार बिहान काठमाडौँ ल्याइने भएको छ। बाँकी २३ जनाको पोखरामा शवपरीक्षणपछि आफन्तलाई बुझाइने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार ४६ जनाको शव काठमाडौँ ल्याइनेछ। उक्त प्रयोजनका लागि नेपाली सेनाको एमआई १७ हेलिकोप्टर आजै पोखरा पुगिसकेको छ।
मङ्गलबार बिहान ७ः३० बजे पोखराबाट काठमाडौँका लागि उडान गरी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ः१५ बजे अवतरण हुनेछ। दुर्घटनामा बेपत्ता तीन जनाको खोजी कार्य जारी रहेको छ।
खोज तथा उद्धार कार्य आजलाई स्थगित गरिएको छ। भोलि बिहानैदेखि पुनः खोजी कार्य गरिनेछ। नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजी कार्य गरिरहेको क्यानले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment