सत्ता गठबन्धनको बैठकः मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रीहरुको सपथ भोलि

डिसी नेपाल
२ माघ २०७९ २२:३२
1.0k
Shares

काठमाडौं। मन्त्रिमण्डल विस्तार तथा भागबण्डा टुंगो लगाउन बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ।बालुवाटारमा बसेको साझेदार दलको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको उनले बताए। उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ।

मन्त्रालयको भागबण्डा सत्ता साझेदारमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले एक उप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि एक उप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ। जनमत पार्टीले एक मन्त्री पाउनेछ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच भएको भेटवार्ता पछि सत्ता साझेदारको बैठक बोलाईएको थियो। जनता समाजवादी पार्टीले भने सर्तसहित सरकारमा सहभागी हुने जनाइरहेको छ। सो पार्टीले उपराष्ट्रपति माग गर्दै आएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.