राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ। मंगलबार विस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन्।
राप्रपाले तीन मन्त्रालय पाएको छ। राप्रपाबाट लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्न लागेका हुन्।
राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास, प्रधान कानुन मन्त्री र दिपक बहादुर सिंह उर्जा राज्यमन्त्री बन्ने भएका छन् ।
राप्रपामा महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरा र पशुपतिशमशेर राणा मन्त्री बन्न इच्छुक थिए। तर, तीन मन्त्रालय मात्र भागमा परेकाले उनीहरू मन्त्री बन्न सकेनन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन्। दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने गरी तयारी भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment