फ्याटी लिवरबाट छुटकारा पाउन चाहनुहुन्छ भने यी चीजहरूबाट टाढा रहनुहोस्

डिसी नेपाल
३ माघ २०७९ १२:२७
2.2k
Shares

काठमाडौँ। कलेजोमा अत्यधिक बोसो जम्मा हुँदा फ्याटी लिभरको समस्याको सामना गर्नुपर्ने हुन्छ। फ्याटी लिभरका कारण हाम्रो कलेजोले त्यसरी काम गर्न सक्दैन जसरि त्यसले गर्नु पर्ने हुन्छ। फ्याटी लिभरको रोग दुई प्रकारका हुन्छन्– अल्कोहलयुक्त फ्याटी लिभर, जुन अत्याधिक मदिरा सेवनका कारण हुने र दोस्रो नन-अल्कोहलयुक्त फ्याटी लिभर, खानपानमा ध्यान नदिँदा यो समस्या हुने गर्दछ ।

नन-अल्कोहलयुक्त फ्याटी लिभरको समस्या प्राय मोटो भएका वा जीवनशैली नराम्रो भएका व्यक्तिहरूले सामना गर्ने गर्छन्। अस्वास्थ्यकर खानेकुरा खाँदा फ्याटी लिभरको समस्या झेल्नु पर्ने हुन्छ।

फ्याटी लिभरको समस्याबाट छुटकारा पाउन आहारले निकै महत्वपूर्ण भूमिका खेल्छ। कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो जसले हाम्रो रगतमा भएका रसायनको मात्रालाई सन्तुलनमा राख्छ। कलेजोले पित्तको रस पनि उत्पादन गर्छ जसले कलेजोमा रहेको खराब तत्वलाई बाहिर निकाल्न मद्दत गर्छ। यस बाहेक यसले हाम्रो शरीरमा प्रोटिन निर्माण गर्ने, आइरन भण्डारण गर्ने र पोषक तत्वहरूलाई ऊर्जामा रूपान्तरण गर्ने काम गर्छ।

फ्याटी लिभरको समस्यासँग जुध्नका लागि कम फ्याट र अधिक फाइबर र प्रोटिन भएको खानेकुराको सेवन गर्नु आवश्यक छ। मदिराको अत्यधिक सेवनले फ्याटी लिभरको समस्या पनि बढाउँछ। आज हामी तपाईलाई केहि यस्ता चिजहरुको बारेमा बताउन गइरहेका छौँ, जसको सेवनले फ्याटी लिभरको समस्याबाट छुटकारा पाउन सकिन्छ । आउनुहोस् जानौं यी कुराहरू-

कलेजोको स्वास्थ्य बढाउन खानुहोस् यी कुराहरु

ओट्स- ओट्समा डाइटरी फाइबर पाइन्छ। यो खाँदा लामो समयसम्म पेट भरि रहन्छ। यसमा लो फ्याट र फाइबरको मात्रा धेरै हुन्छ। यसको सेवनले तौल घटाउन पनि मद्दत गर्छ।

एभोकाडो– एभोकाडोमा अनस्याचुरेटेड फ्याट पाइन्छ। यसबाहेक, यसलाई ओमेगा-३ फ्याटी एसिडको पनि राम्रो स्रोत मानिन्छ। यसलाई खाँदा फ्याटी लिभरको समस्याबाट छुटकारा पाउँछ र क्षतिग्रस्त कलेजोलाई पनि मर्मत गर्छ ।

टोफु- टोफु सोयाबाट बनाइन्छ, त्यसैले यो कलेजोको लागि राम्रो छ। यसले कलेजोमा बोसो घटाउन मद्दत गर्छ। प्रोटिनको राम्रो विकल्प र कलेजोको लागि धेरै राम्रो मानिन्छ। केही सोया फूडहरूमा फलफूल, सोयाबीन स्प्राउट्स र सोया नटहरू समावेश छन्।

फलफूल- थोरै मात्रामा हुने फलफूलले कलेजोलाई स्वस्थ राख्न पनि मद्दत गर्छ। सुन्तला र अंगूर जस्ता सिट्रस फलहरू कलेजोको लागि राम्रो छन्। सुन्तलामा पाइने भिटामिन सीले कलेजोमा बोसो जम्मा हुनबाट रोक्न मद्दत गर्छ। अंगुरमा पाइने एन्टिअक्सिडेन्टले कलेजोलाई पनि जोगाउँछ। यी एन्टिअक्सिडेन्टहरूले कलेजोलाई क्षति हुनबाट जोगाउँछन्। त्यसैगरी, ब्लुबेरीको अर्क र अंगूरको बीउको अर्कले कलेजोको क्यान्सर कोशिकाहरूको वृद्धिलाई कम गर्छ।

सागसब्जी– आहारमा सागसब्जी समावेश गर्नाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। यसले दीर्घकालीन रोगहरू रोक्न र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्न सक्छ। यो कलेजोको लागि विशेष गरी राम्रो छ। यसमा ब्रोकाउली, काउली र पलुङ्गो जस्ता तरकारीहरू समावेश छन्।

लसुन- फ्याटी लिभरको समस्याबाट छुटकारा पाउन लसुन निकै फाइदाजनक हुन्छ। यसका अलावा तौल घटाउनका लागि पनि लसुन निकै फाइदाजनक मानिन्छ ।

यी चीजहरूबाट टाढा रहनुहोस्

चिनी- चिनीले तपाइको दाँतका लागि मात्र नभएर लिभरलाई पनि हानि पुर्‍याउँछ। धेरै परिष्कृत चिनी र उच्च फ्रक्टोजले तपाईंको बोसो बढाउन सक्छ, जसको कारण कलेजो रोगहरू हुन्छन्। केही अध्ययनहरूका अनुसार, चिनीले अल्कोहल जस्तै कलेजोलाई हानि पुर्‍याउँछ, चाहे तपाईको तौल धेरै छैन। तपैले आफ्नो आहारमा चिनी, सोडा, पेस्ट्री र क्यान्डी जस्ता चीजहरू काम प्रयोग गर्नुहोस्।

भिटामिन ए सप्लिमेन्ट – तपाईको शरीरलाई भिटामिन ए को धेरै आवश्यकता छ। भने, त्यसलाई पुरा गर्नको लागि सुन्तला वा पहेंलो रंगका फलफूल र तरकारीहरूको सेवन गर्नुहोस्। यदि तपाइँ भिटामिन ए को सप्लिमेन्ट धेरै लिदै हुनुहुन्छ भने यसले तपाइँको कलेजोलाई असर गर्न सक्छ। भिटामिन ए पूरक लिनु अघि आफ्नो डाक्टरसँग कुरा गर्नुहोस्।

सफ्ट ड्रिंक्स – धेरै सफ्ट ड्रिंक्स पिउने मानिसमा नन -अल्कोहोलिक फ्याटी लिभर रोग बढी हुने अध्ययनमा पुष्टि भएको छ। तपाईंको आहारमा सोडाको प्रयोग कम गर्नाले तपाईंको कलेजो सुरक्षित रहनेछ। यसको सट्टा ताजा फलफूलको जुस पिउनु राम्रो हुन्छ।

मदिरा– मदिराको अत्यधिक सेवनले कलेजोमा निकै नराम्रो असर गर्छ। पुरुषले एक दिनमा दुई र महिलाले १ भन्दा बढी पिउनु हुँदैन।

प्याक गरेका चीजहरू- प्याकेज गरिएको र बेक्ड खानाले फ्याट बढाउने काम गर्छ। ट्रान्स फ्याटका कारण तौल बढ्नु कलेजोको लागि राम्रो होइन। यस्तो कुनै पनि चीज किन्नु अघि, यसको इनग्रेडिएंट सूचीमा ध्यान दिनुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.