रोजेको मन्त्रालय नपाएको भन्दै प्रधानमन्त्रीसँगै शपथ खाएका मन्त्री पदभार ग्रहण गर्न गएनन्
काठमाडौं । मन्त्रालय भागवण्डामा चित्त नबुझेपछि प्रधानमन्त्रीसँगै शपथ खाएका मन्त्री आज मन्त्रालयको जिम्मा पाएपछि पदभार ग्रहण गर्न गएनन् । यसअघि प्रधानमन्त्रीसँगै शपथ ग्रहण गरेको तर मन्त्रालय नतोकिएकोमा आज मन्त्रालय तोकिएपछि जनमत पार्टीले असन्तुष्टि जनाएको छ ।
मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिइएको थियो तर पार्टीले यसमा असन्तुष्टी जनाएको छ । जनमत पार्टीको तर्फबाट मन्त्री बनाइएका अब्दुल खानले आज खानेपाली मन्त्रालयको जिम्मेबारी पाएपछि असन्तुष्टि जनाउँदै कार्यभार सम्हाल्न गएनन् ।
उनले अब प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको बताए । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय मागेको थोयो तर यो मन्त्रालय एमालेले लिएको छ । एमालेले सो मन्त्रालयमा दामोदर भण्डारीलाई पठाएको छ ।







डिसी नेपाल








Facebook Comment