कार्यभार सम्हालेलगत्तै नवनियुक्त स्वास्थ्यमन्त्री गिरी कान्ति बाल अस्पतालकाे अनुगमनमा

डिसी नेपाल
३ माघ २०७९ १८:३८
188
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हालेलगत्तै नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरी कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गएका छन् ।

बालबालिकाको उपचार गर्ने सरकारी र एकमात्रै केन्द्रीय अस्पतालको उपचार सेवाबारे बुझ्न उनी मन्त्री बनेको पहिलो दिन नै कान्ति बाल अस्पताल पुगेका हुन् ।

अनुगमनका क्रममा उनले अस्पतालको इमरजेन्सी, आईयीयू, पिआईसीयू, अंकोलोजी लगायतका वार्डहरुको अवलोकन गरेका थिए । यस्तै बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाहरुले प्रयोग गर्ने शौचालय लगायतको समेत निरीक्षण गरेका थिए । सोही क्रममा उनले बिरामीका आफन्तसंग अस्पतालको सेवाको बारेमा समेत बुझ्ने प्रयास गरेका थिए ।

‘आम जनताका छोराछोरीले उपचार पाउने केन्द्रीय बाल अस्पतालको बारेमा पहिले देखि नै धेरै गुनासाहरु भएको सुनेको थिएँ । पहिलो सुरुवात कान्तिबाटै गरौँ भन्ने लाग्यो र आएँ,’ निरीक्षण पछि उनले भने सो क्रममा उनले अस्पतालमा बिरामी कुरुवाहरुले प्रयोग गर्ने शौचालय साह्रै नै फोहर भएको भन्दै त्यसलाई तत्काल सुधार गर्न निर्देशन दिए । यस्तै बिरामी कुरुवाहरुका लागि बस्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *