विमान दुर्घटनाप्रति चिनियाँ राष्ट्रपतिद्वारा समवेदना व्यक्त
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पाेखरामा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाएका छन् ।
आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । दुर्घटनामा आफन्त गुमाउँने शोक सन्तप्त परिवारप्रति उनले चिनियाँ सरकार र जनताको तर्फबाट गहिरो समवेदना समेत व्यक्त गरेका छन्।
मध्य नेपालको पर्यटकीय शहर पोखरामा पाँच जना भारतीयसहित ७२ यात्रु बोकेको यति एयरलाइन्सको यात्रुवाहक विमान खोलामा खस्दा बिमानमा सवार सबैको मृत्यु भएको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment