राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै
काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भिड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या एक हप्तापछि समाधान भएसँगै राहदानी लिनेहरूको भिड लाग्न थालेको हो ।
विभागमा राहदानी लिन आउनेका कारण त्यहाँको भिड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भिड बढ्दै गएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताइन् ।
उनले भनिन्, “विभागमा राहदानीसम्बन्धी सबै काम सुरु भएको छ, सेवाग्राहीको पनि भीड बढेको छ, बीचमा केही दिन बिदा परेकाले पनि अहिले सेवाग्राहीको भीड बढेको हो ।” सरकारले अत्यावश्यक सेवामा भीड कम गर्ने निर्णयपछि विभागले तीन/चार वटा अनौपचारिक कार्ययोजना बनाएको जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment