गृहमन्त्री डेनिस मोनास्टिरस्कीको मृत्युले युक्रेनलाई रुसविरुद्धको युद्धमा ठूलो धक्का !

डिसी नेपाल
५ माघ २०७९ १६:३५
200
Shares

काठमाडौं । पछिल्लो एक वर्षदेखि युक्रेन युद्धको चपेटामा परेको छ । द्वन्द्वको यो दु:खद घडीमा त्यहाँ गृहमन्त्रीको दुर्घटनामा निधन हुनु देशका लागि ठूलो धक्का हो। एक दिन अघि बुधबार, हेलिकप्टर कीभ नजिकै दुर्घटनाग्रस्त भयो, जसमा तीन युक्रेनी मन्त्रीहरू सहित १४ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा ज्यान गुमाएका युक्रेनी गृहमन्त्री डेनिस मोनास्टिरस्की अहिले युक्रेनको लागि निकै महत्वपूर्ण थिए । डेनिस (४२) को नेतृत्वमा युक्रेनको प्रहरी, नेशनल गार्ड र बोर्डर पेट्रोलका १० हजार सैनिक युद्ध लडिरहेका थिए। डेनिस युक्रेनको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्का सदस्य पनि थिए। युद्धका क्रममा डेनिसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कडा सन्देश दिएका थिए ।

युद्धको बीचमा यो घटना युक्रेनका लागि झट्का भन्दा कम छैन । युक्रेनी गृहमन्त्री डेनिस मोनास्टिरस्की जेलेन्स्कीका पुरानो राजनीतिक सहयोगी थिए। युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले मन्त्री युद्ध क्षेत्रमा जाँदै गर्दा उनको हेलिकोप्टर दुर्घटना भएको बताए । युक्रेनको गृह मन्त्रालयले रुससँगको युद्धको बीचमा देशभरको प्रहरी प्रणालीलाई सम्हाल्दै आएको थियो। युक्रेनको राष्ट्रिय प्रहरी बलका प्रमुख इहोर क्लेमेन्कोलाई कार्यवाहक आन्तरिक मन्त्री बनाइएको छ ।

रुस र युक्रेनबीचको युद्ध सुरु भएयता ज्यान गुमाउनेहरूमध्ये डेनिस युक्रेनका सर्वोच्च अधिकारी हुन्। युक्रेनका अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जुलाई २०२१ मा डेनिसलाई आफ्नो आन्तरिक मन्त्री (गृहमन्त्री) नियुक्त गरे। त्यसको करिब ६ महिनापछि रुस र युक्रेनबीच युद्ध सुरु भयो ।

यद्यपि अहिलेसम्म त्यस्तो कुनै संकेत फेला परेको छैन, जसबाट हेलिकप्टर दुर्घटना दुर्घटनाबाहेक अरू नै हो भन्न सकिन्छ । तर जसरी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डाभोसमा बयान दिए, त्यसको अर्थ अर्कै छ। वास्तवमा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए। सो क्रममा उनले कार्यक्रममा उपस्थित सबैलाई हेलिकप्टर दुर्घटनामा एक मिनेट मौन धारण गर्न आग्रह गरे । यसपछि जेलेन्स्कीले भने कि युद्धको समयमा कुनै दुर्घटना हुँदैन। यी सबै युद्धका परिणाम हुन् ।

१८ जनवरी २०२३ मा, हेलिकप्टर किभको बाहिरी भागमा, ब्रोभरीमा एक किन्डरगार्टन नजिकै दुर्घटना भयो। हेलिकप्टर दुर्घटना हुँदा त्यहाँ धेरै बालबालिका र विद्यालयका कर्मचारी उपस्थित थिए । तिनीहरूमध्ये धेरैको मृत्यु भयो। सुरुमा हेलिकप्टर दुर्घटनामा १८ जनाको मृत्यु भएको भनिए पनि पछि मृत्यु हुनेको संख्या १४ बताइएको थियो । प्रहरीका अनुसार मृतक मध्ये ९ जना हेलिकप्टरमा सवार थिए । दुर्घटनामा तीन बालबालिकाको पनि मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *