गजल : ठूलो भाग खोज्दा
ठूलो भाग खोज्दा हातको उम्कियो भन्छन्
हुँदा दम्भ दुनियाँले सबै खोसियो भन्छन्
थियो योजना राम्रो भनें बन्छ होला पुल
सबै काम बाँकी छन् रकम सिद्धियो भन्छन्
गरे प्यार तिनले प्रेम के हो नजानेरै
जहाँ जोडियो नाता त्यहीँ टुङ्गियो भन्छन्
हिजोसम्म साख्खै भाइ भन्दै थिए जो जो
तिनैबाट आफ्नो साइनो तोडियो भन्छन्
बिना सोच बोल्दा आज आफ्नै वचन तिम्रो
भई पासो जगको काम नै अल्झियो भन्छन्
No ads found for this position
प्रतिक्रिया


Facebook Comment