हिम पहिरोमा कम्तीमा ८ जनाको मृत्यु
बेइजिङ। तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ।
चीन सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको छ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो ।
हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए । हिम पहिरोमा कति मानिस हराइरहेका छन् भन्ने बारेमा यकिन हुन बाँकी छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment