सन् २०२२ बेलायतको सर्वाधिक गर्मी रेकर्ड गरिएको वर्ष
लन्डन। बेलायतको मौसम कार्यालयले मानव–प्रेरित जलवायु परिवर्तनले देशको मौसम ढाँचामा कसरी प्रभाव पारेको छ भन्ने प्रकाश पार्दै सन् २०२२ संयुक्त अधिराज्यका लागि रेकर्डमा सबैभन्दा तातो वर्ष भएको जनाएको छ।
यस वर्ष बेलायतको वार्षिक औसत तापक्रमले सन् २०१४ मा निर्धारण गरेको अघिल्लो रेकर्ड उछिनेको छ जतिबेला ९ दशमलब ८८ डिग्री सेल्सियस थियो।
हरितगृह ग्यास उत्सर्जन सुरु भएपछि सन् १८८४ देखि रेकर्ड राख्ने काम भएको हो। सन् २००२ देखि हरेक १० वर्षमा सबैभन्दा बढी वार्षिक तापक्रम भएको मौसम विभागले जनाएको छ। बेलायतले पहिलो पटक जुलाईमा लिंकनशायरको कोनिङस्बीमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment