विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम
आज जनवरी २२ सन् २०२३ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रम
आजकै दिन अर्थात सन् १७८८ मा बेलायतका प्रसिद्ध कवि लर्ड बाइरनको जन्म भएको थियो। उनको मृत्यु १८२४ को अप्रिलमा भएको थियो।
सन् २००६ मा ायमारा आदिवासी समूहका सदस्य इभो मोरालेस बोलिभियाको राष्ट्रपति भएका थिए।
सन् १९३२ मा सरकारी सेनाले उत्तरी स्पेनमा कम्युनिस्ट विद्रोहविरुद्ध चरम दमन गरेको थियो।
सन् १९७० मा बोइङ ७४७ को पहिलो निर्धारित उडान सुरु भएको थियो । प्यान एम जम्बो जेटले न्यूयोर्कबाट लन्डनका लागि उडेको थियो ।
सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिएको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment