सिट बेल्ट नलगाएका बेलायती प्रधानमन्त्रीलाई ५० पाउण्ड जरिवाना

डिसी नेपाल
८ माघ २०७९ ७:४३
76
Shares

लन्डन। बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ। सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा उनले सिट बेल्ट नलगाई आफ्नो कारको पछाडिको सिटमा भिडियो खिचेका थिए। ट्राफिक नियमको उल्लंघन गरेको भन्दै लन्काशायर प्रहरीले उनलाई ५० पाउण्ड जरिवाना गरेको हो।

‘लन्काशायरमा गुडिरहेको कारमा सिट बेल्ट नलगाएका लन्डनका ४२ वर्षीय व्यक्तिलाई जरिवाना गरेका छौँ’, लेन्काशायर प्रहरीले ट्वीट गरेको छ। २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्ने प्राप्त विवरणहरुमा जनाइएको छ।

सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने प्रावधान छ । यसैबीच, प्रधानमन्त्री सुनकले माफी मागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *