बाइडेनको घरमा एफबीआईको छापा, गोप्य कागजात बरामद

डिसी नेपाल
८ माघ २०७९ १०:५०
164
Shares

बीबीसी। अमेरिकाका राष्ट्रपति जो बाइडेनको घरमा त्यहाँको अनुसन्धान व्युरो एफबीआईले छापा मारेको छ।

डेलावेयरस्थित राष्ट्रपति बाइडेनको घरमा अमेरिकी न्याय विभाग (डीओजे) अनुसन्धानकर्ताहरूले छापा मारेर १३ घण्टाको खोजीमा छ वटा थप गोप्य कागजातहरू फेला पारेका छन्।

बाइडेनको उपराष्ट्रपतिको कार्यकालका गोप्य कागजातहरू फेला पारिएका न्यूयोर्क टाइम्स उदृत गर्दै बीबीसिले जनाएको छ। छापा मार्ने समयमा राष्ट्रपति वाइडेन र उनकी श्रीमती उपस्थित थिएनन्।

न्याय मन्त्रालयका अनुसन्धानकर्ताहरूले राष्ट्रपतिको घरबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेको वाइडेनका वकिलले जानकारी दिएका हुन्।

बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै न्याय विभागलाई आफ्नो घरमा अनुसन्धान गर्न अनुमति दिएका थिए। उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनले प्रयोग गरेको कार्यालयमा वर्गीकृत दस्तावेज खोज्न अनुमति दिएका हुन्।

यसअघि शुक्रबार विल्मिङटनस्थित एउटा घरबाट पनि यस्तै किसिमका केही कागजातहरू फेला परेका थिए। यी कागजातहरू बाइडेनका उपराष्ट्रपति र सिनेटरको समयका हुन्।

यस्ता दस्ताबेजहरू सबैभन्दा पहिले नोभेम्बर २ मा वाइडेनले स्थापना गरेको थिङ्क ट्याङ्क कार्यालय ‘पेन बाइडन सेन्टर’मा फेला परेका थिए।

२० डिसेम्बर र १२ जनवरीमा पनि त्यस्ता थप कागजातहरू फेला परेका थिए। राष्ट्रपतिको टोलीले यी कागजात प्राप्त हुनेबित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ।

पूर्व राष्ट्रपति ट्रम्पमाथि पनि अमेरिकी न्याय मन्त्रालयले छानबिन गरिरहेको छ।

एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको निवासमा ३२५ वटा गोप्य र अतिगोप्य वर्गीकरण गरिएका कागजातहरू भेटिएपछि ट्रम्पमाथि अनुसन्धान अघि बढेको थियो।

राष्ट्रपतिको अभिलेख ऐन अन्तर्गत, प्रशासन समाप्त भएपछि ह्वाइट हाउसका अभिलेखहरू राष्ट्रिय अभिलेखमा जानुपर्दछ, जहाँ तिनीहरूलाई सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ।

संवेदनशील कागजातहरू कसरी ह्यान्डल गरियो भन्ने अनुसन्धानको नेतृत्व गर्न एक विशेष सल्लाहकार रोबर्ट हरलाई नियुक्त गरिएको छ।

लामो खोज र पछि थप कागजातहरूको खोज राष्ट्रपतिको लागि राजनीतिक टाउको दुखाइ हो, किनकि उनी २०२४ मा दोस्रो कार्यकालको लागि उम्मेदवारी दिने वा नगर्ने घोषणा गर्ने तयारी गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *