फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?

डिसी नेपाल
१५ माघ २०७९ ६:५९

काठमाडौं। निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनप्राप्ति प्रक्रिया थाल्ने भएका छन्। अहिले सर्वोच्चले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा जाने तयारी गरेको स्रोतको दावी छ।

सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै उनले नागरिकता पुनप्र्राप्ति प्रक्रिया पूरा गर्ने तयारी गरेका छन् । अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानो नागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन सक्ने काठमाडौं प्रशासन स्रोतले बतायो ।

सम्भवतः उनी एक दुई दिनभित्रै नागरिकता पुनप्र्राप्ति प्रक्रियामा आउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले राजधानीलाई बताए । लामिछानले पनि आफ्ना कानुनी सल्लाहकारसँग यस विषयमा छलफल गरिरहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

रविले सबैभन्दा पहिला नागरिकता पुनप्र्राप्ति थालेर नयाँ नागरिकता प्राप्त गर्नासाथ उनी वैध ठहरिन सक्छन् । त्यसपछि पुनः उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति हुने बाटो खुल्नेछ भने चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार हुन कुनै समस्या पर्दैन ।

लामिछानले अहिले नागरिकता पुनप्र्राप्ति प्रक्रिया थालेर नागरिकता पाएमा उनी पुनः ६ महिनाका लागि गृह तथा उपप्रधानमन्त्री नियुक्त हुन सक्छन् । ६ महिनाभित्र उनले चुनाव जितेर आउनुपर्नेछ । रविलाई चितवन–२ मा हुने उपनिर्वाचनमा जित हासिल गर्न झनै सहज हुने उनी निकटस्थको दावी छ ।

नागरिकता लिएपछि फेरि गृहमन्त्री

रविका निकटस्थका अनुसार सर्वोच्च अदालतको फैसलासँगै नागरिकता पुनप्र्राप्ति र त्यसलगत्तै उनी पुनः गृहमन्त्रीमा नियुक्त हुने सम्भावना छ ।

नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार रवि पुनः गृहमन्त्री नियुक्त हुने र ६ महिनाभित्र चितवन–२ मा हुने उपनिर्वाचनबाट सहजै जितेर सांसद भएर आउने दावी उनी निकटको छ ।

सत्ता गठबन्धनका नेता रविले नेपाली नागरिकता लिएपछि उनलाई पुनः गृह मन्त्रालयमै फिर्ता गर्ने विषयमा सकारात्मक रहेको बताइन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘सत्ता गठबन्धनमा फाटो नआओस्’ भन्ने उद्देश्यले पुनः रविलाई नै गृहमन्त्री नियुक्त गर्ने विषयमा सकारात्मक रहेको जनाइएको छ ।

हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले राखेका छन् । अन्यलाई गृहको जिम्मेवारी नदिनु ‘रविलाई नै पुनः सोही जिम्मेवारीमा ल्याउने’ तयारी भएको हुनसक्ने गृह स्रोतको दाबी छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *