बलिउडको फ्लप कमब्याक

डिसी नेपाल
१९ माघ २०७९ १२:२६
168
Shares

मुम्बई। अभिनेता शाहरुख खान चार वर्षपछि ‘पठान’मार्फत कमब्याक भए। उनको कमव्याकले बक्सअफिसमा तहल्कै मच्चाइदियो। उनको फिल्मले एकपछि अर्को गर्दै कयौं नयाँ रेकर्ड बनायो।

शाहरुखअघि बलिउडका राजेश खन्नादेखि आमिर खानसम्मले जबरजस्त किसिमले दर्शकमाझ कमव्याक गर्न खोजेका थिए। तर उनीहरुको कमव्याक फ्लप साबित भइदियो। हलमा फ्लप भएका यी कलाकारका फिल्म अहिले ओटीटी प्लेटर्फममा हेर्न सकिन्छ

राजेश खन्ना
बलिउडको पहिलो सुपरस्टार राजेश खन्नाले कुनै समय राजनीतिमा पाइला चाले। राजनीति यात्रापछि उनी पुनः फिल्ममा कमव्याक गर्न चाहन्थे। नभन्दै उनले सन् १९९४ मा रिलिज फिल्म ‘खुदाई’बाट कमव्याक गरे। तर उनको कमव्याक सफल हुन सकेन। बक्सअफिसमा फ्लप उनको यो फिल्मलाई दर्शकले जी५मा हेर्न सक्छन्।

माधुरी दीक्षित
बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षित लामो समयपछि फिल्म ‘आज नच ले’मार्फत फिल्ममा कमव्याक गरिन्। फिल्म ‘आज नच ले’ भए पनि व्यापारिक हिसाबले बक्सअफिसमा न दर्शक नाँच्न सके, न त फिल्म नै। यो फिल्म ओटीटी प्लेटफर्म प्राइम भिडियोमा उपलब्ध छ।

रणवीर कपुर
रणवीर कपुरले ‘सन्जू’ जस्तो धमाकेदार फिल्म दिएपछि लामो समयसम्म फिल्मबाट टाढा रहे। यसपछि उनी ‘शमशेरा’मार्फत कमव्याक त गरे, तर उनको कमव्याक असफल साबित भयो। यो फिल्म मजा प्राइम भिडियोमा उपलब्ध छ।

करिश्मा कपुर
सन् ९० को दशककी लोकप्रिय अभिनेत्री करिश्मा कपुरले सन् २००६ मा फिल्म ‘मेरे जीवन साथी’बाट कमव्याक गरिन्। उनले यो फिल्ममार्फत् गुमेको पहिचानलाई स्थापित गर्न खोजेकी थिइँन्। तर, त्यसमा सफल हुन सकिनन्। किनकी फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो।

आमिर खान
बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान फिल्म ‘लाल सिंह चढ्ढा’ बाट लामो समयपछि कमव्याक भए। यद्यपि फिल्म बक्सअफिसमा फ्लप साबित भयो। यो फिल्मलाई दर्शकले नेटफ्लिक्समा हेर्न सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.