चलचित्र ‘नम्बरी सुन’को छायाँकन सुरु
काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को छायाँकन सुरु भएको छ। शुक्रबार श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै चलचित्रको गीतको सुटिङ सुरु भएको हो।
नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ।
यस्तै, काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहेको छ। शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन्।
‘नम्बरी सुनमा’ अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य, दिव्य सुवेदीको छायांकन र देव महर्जनको द्धन्द्व निर्देशन रहनेछ। मुख्य सहायक निर्देशकमा जीवन गौतम रहेका छन् भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेका छन्।
यो चलचित्र सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुन लागेको हो। चलचित्र लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिने निर्माण टोलीले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment