अभिनेता परेस रावललाई कठोर कारबाही नगर्न आदेश
मुम्बई। कलकत्ता हाई कोर्टले बलिउड अभिनेता तथा भाजपा नेता परेश रावललाई बोलीकै कारण कठोर कारबाही नगर्न आदेश दिएको छ। उच्च न्यायालयले तलातला प्रहरीलाई परेशले बोलेको ‘बंगालियो के लिएर मछली पकाओ’ लाई लिएर कुनै पनि कठोर कारवाही नगर्न आदेश दिएको हो।
अदालतले परेशले यो विषयमा पहिला नै माफी मागिसकेकाले कारबाही गर्न आवश्यक नरहेको ठहर गरेको छ। अदालतले भिडियो कन्फ्रेन्समार्फत यो मामलामा परेशलाई सोध्न सकिने जनाएको छ। यो मामलाको अर्को सुनुवाई फेब्रुअरी ५ मा हुनेछ।
गत वर्ष गुजरात चुनावको समयमा परेशले पनि भाजपाको तर्फबाट राज्यको चुनावी र्यालीमा सहभागिता जनाएका थिए। यो समयमा उनले बंगालीका विषयमा भाषण गरेपछि उनी विवादमा तानिएका थिए। उनीमाथि बंगालीलाई अपमान गरेको आरोपसमेत लागेको थियो। पछि उनले सामाजिक सञ्जालमार्फत माफी मागेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment