कमेडी र फिल्मपछि भिडियोमा कपिल शर्मा

डिसी नेपाल
२० माघ २०७९ १२:३७
316
Shares

मुम्बई। भुषण कुमार नयाँ कलाकारलाई अवसर दिने निर्माताका रुपमा चिनिन्छन्। यसपटक उनले कमेडियन तथा फिल्म अभिनेता कपिल शर्मालाई यो अवसर दिँदैछन्।

आफ्नो टी–सिरिजले निर्माण गर्न लागेको भिडियो ‘अलोन’मार्फत कपिलले म्यूजिक भिडियोमा पाइला चाल्दैछन्। शोबिजको सबैभन्दा लोकप्रिय हस्ती गुरु रन्धावा र कपिलले आगामी फेब्रुअरी ९ मा रिलिज हुने सिंगल ‘अलोन’का लागि सहकार्य गरेका हुन्।

यो गीतलाई टी–सिरिजले प्रस्तुत गर्दै छ। यो गीतका लेखक गुरु नै हुन् भने भिडियोमा फ्टिीको निर्देशन छ। गीत मनालीको सुन्दर लोकेसनमा छायांकन गरिएको छ। गीतमा कपिल र गुरुका अलावा योगिता बिहानीको पनि अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *