रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बैठक सुरु भएको छ।
बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो। रास्वपाले आफूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो।
बिहीवार बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिएको थियो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका छन्। सोही विषयमा निर्णय लिन बैठक बोलाइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment