छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ

डिसी नेपाल
२२ माघ २०७९ ९:१७
196
Shares

मुम्बइ। बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन्। उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन्। अमिताभ उनकी छोरी श्वेतासँग बढी नजिक छन्। उनी श्वेतासँग व्यक्तिगतमात्र होइन, व्यावसायिक जीवनका हरेक कुरा सल्लाह गर्छन्।

अमिताभ सन् २०१८ मा आफ्नो छोरीको पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी थिए। उनले त्यहाँ कुनै पनि फिल्ममा जोडिनुअघि छोरीसँग सल्लाह लिने गरेको खुलासा गरेका थिए। अमिताभ छोरीले जे भन्छिन्, त्यसलाई सत्य मान्छन्। अमिताभको बुझाईमा श्वेताको निरीक्षण शक्ति ठूलो छ। यतीमात्र होइन, घरका जोकोही परिवारका सदस्य उनको कुरा काट्दैनन्।

अमिताभकी छोरी श्वेताको घर होस् या व्यापार या कुनै पनि व्यावसायिक विषयमा आफ्नो राय राख्छिन्। अमिताभका अनुसार उनकी छोरी एक कुशल कलाकार पनि हुन्। विशेषत उनमा मिमिक्रीको कला छ। अमिताभ आफ्नी छोरीले कुनै पनि फिल्म हिट वा फ्लप हुने घोषणा गर्दा त्यो पुग्ने दाबी गर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *