कांग्रेस सरकार बाहिर रहँदा पानी बिनाको माछाजस्तै छट्पटायो : अध्यक्ष ओली

डिसी नेपाल
२२ माघ २०७९ १४:५२
80
Shares

काठमाडौं। सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाहिर रहँदा पानीबिनाको माछाजस्तै नेपाली कांग्रेस छट्पटाएको टिप्पणी गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर रहँदा कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटाएको बताएका हुन्।

संसदमा कांग्रेसले निभाएको भूमिकाप्रति आशंका उब्जाएका उनले आफूलाई प्रतिपक्षीको रुपमा कांग्रेसले स्वीकार्नसमेत नसकेको टिप्पणी गरे। संविधान जारी भएपछि सातवटा प्रधानमन्त्री बनेको भन्दै उनले विगतजस्तै फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए।

उनले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताए।

आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्दै र राजनीतिक निकास निकाल्दै प्रचण्ड नेतृत्वमा सरकार बनाएको उनको भनाइ छ ।

कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उनले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *