विचौलियालाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग
काठमाडौँ। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले विचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन्।
६०० प्रतिशतभन्दा बढी नाफा लिएर विचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग उनले आग्रह गरे।
बैंकले बढाएको अस्वाभाविक ब्याजका कारण साना व्यवसायी आत्महत्याको बाटो रोज्न थालेको भन्दै उनले यसतर्फ सरकारले हस्तक्षेपकारी नीति लिनुपर्ने बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment