१ वर्षदेखि युद्ध झेलिरहेको युक्रेनको रक्षा मन्त्रालयमै भ्रष्टाचार ! मन्त्री बदल्ने तयारी

डिसी नेपाल
२३ माघ २०७९ १२:४४
12
Shares

काठमाडौं । युक्रेनका रक्षामन्त्री एलेक्सी रेज्निकोभको मन्त्रालयमा भ्रष्टाचारको आरोप लागेपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब उनको मन्त्रालय परिवर्तन गर्न लागेका छन् ।

राष्ट्रपतिको संसदीय ब्लकका प्रमुख डेभिड अरखामियाले अब यो जिम्मेवारी मिलिटरी इन्टेलिजेन्स एजेन्सीका प्रमुख किरिलो बुडानोभले सम्हाल्ने बताएका छन् ।

उनले रेज्निकोभ रणनीतिक उद्योग मन्त्रीको रूपमा सरकारमा रहने पनि बताए। यद्यपी यो परिवर्तन कहिले हुने हो भन्ने खुलाइएको छैन । मन्त्रालय परिवर्तनको खबरमा रक्षामन्त्री एलेक्सी रेज्निकोभबाट कुनै प्रतिक्रिया आएको छैन।

यो घोटाला सामान खरिदसँग सम्बन्धित रहेको बताइएको छ । यद्यपि, यसमा रेज्निकोभको व्यक्तिगत संलग्नताको कुनै आरोप छैन। तर उनका उपमन्त्रीले राजीनामा दिनुपर्यो ।

यसअघि उनले आइतबार एक न्यूज च्यानललाई आफ्नो देश रुसमाथि फेरि आक्रमण गर्न तयार रहेको बताएका थिए ।

यसै क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा भीषण लडाइँ भइरहेको र त्यहाँको अवस्था निकै कठिन रहेको बताएका छन् । उनले रुसले यहाँ थप बल प्रयोग गरी नयाँ आक्रमणको तयारी गरिरहेको बताए ।

उनका अनुसार यस महिना नयाँ रुसी आक्रमण हुन सक्छ। अधिकारीहरुका अनुसार रुसले आफ्नो नियन्त्रण नभएको पूर्वी डोनबास क्षेत्रका केही भागलाई गाभ्ने प्रयास गर्न सक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *