१ वर्षदेखि युद्ध झेलिरहेको युक्रेनको रक्षा मन्त्रालयमै भ्रष्टाचार ! मन्त्री बदल्ने तयारी

डिसी नेपाल
२३ माघ २०७९ १२:४४

काठमाडौं । युक्रेनका रक्षामन्त्री एलेक्सी रेज्निकोभको मन्त्रालयमा भ्रष्टाचारको आरोप लागेपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब उनको मन्त्रालय परिवर्तन गर्न लागेका छन् ।

राष्ट्रपतिको संसदीय ब्लकका प्रमुख डेभिड अरखामियाले अब यो जिम्मेवारी मिलिटरी इन्टेलिजेन्स एजेन्सीका प्रमुख किरिलो बुडानोभले सम्हाल्ने बताएका छन् ।

उनले रेज्निकोभ रणनीतिक उद्योग मन्त्रीको रूपमा सरकारमा रहने पनि बताए। यद्यपी यो परिवर्तन कहिले हुने हो भन्ने खुलाइएको छैन । मन्त्रालय परिवर्तनको खबरमा रक्षामन्त्री एलेक्सी रेज्निकोभबाट कुनै प्रतिक्रिया आएको छैन।

यो घोटाला सामान खरिदसँग सम्बन्धित रहेको बताइएको छ । यद्यपि, यसमा रेज्निकोभको व्यक्तिगत संलग्नताको कुनै आरोप छैन। तर उनका उपमन्त्रीले राजीनामा दिनुपर्यो ।

यसअघि उनले आइतबार एक न्यूज च्यानललाई आफ्नो देश रुसमाथि फेरि आक्रमण गर्न तयार रहेको बताएका थिए ।

यसै क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा भीषण लडाइँ भइरहेको र त्यहाँको अवस्था निकै कठिन रहेको बताएका छन् । उनले रुसले यहाँ थप बल प्रयोग गरी नयाँ आक्रमणको तयारी गरिरहेको बताए ।

उनका अनुसार यस महिना नयाँ रुसी आक्रमण हुन सक्छ। अधिकारीहरुका अनुसार रुसले आफ्नो नियन्त्रण नभएको पूर्वी डोनबास क्षेत्रका केही भागलाई गाभ्ने प्रयास गर्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *