भ्वाईस अफ नेपाल ४ बिजेता करणको पहिलो गीत ‘चङ्गा’ सार्वजनिक, दयाहाङको अभिनय
काठमाडौँ। द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन्। करणले आफ्नै युट्युव च्यानल करण राई मार्फत ‘चङ्गा’ सार्वजनिक गरेका हुन्। म्युजिक भिडियोमा सुपरस्टार अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ।
करण भ्वाईस अफ नेपाल सिजन ४ मा जान अगाडी सार्वजनिक गरिएको ‘द काईट्स’ एल्बममा समावेश गीत ‘चङ्गा’ गीतको शब्द निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको छ। देबेश राईको संगीत रहेको यस गीतमा मिक्सिङ, मास्टरिङपनि देबेशकै रहेको छ।
गीतको शब्दको भाव अनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका छन्। भिडियोमा अभिनेता दयाहाङसंगै अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको अभिनय रहेको छ। म्युजिक भिडियोमा दयाहाङसंग करणपनि देखिएका छन्। दयाहाङसंगको यो सहकार्य दर्शकहरुका लागि उपहार स्वरुप ल्याएको करणले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment