नयाँ बर्षमा ‘बुलाकी’, २७ माघमा टिजर आउने
काठमाडौँ। नारी प्रधान कथानक फिल्म ‘बुलाकी’ नयाँ बर्ष अर्थात् २०८० बैशाख १ गते प्रदर्शन हुने भएको छ। लक्ष्मण सुनार निर्देशीत फिल्मका निर्माता टोपेन्द्र विष्टले सामाजिक संजालमार्फत आफ्नो फिल्मको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।
‘फर्स्ट लुक’ का कारण चर्चामा रहदै आएको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाइ, सरस्वती खत्रीले अभिनय गरेका छन्। कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको बिषयमा केन्द्रित फिल्म शिब ढकालले खिचेका हुन्।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्मको बितरण उपत्यकामा सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले गर्दैछ भने मोफसलको बितरक एफडी हो। अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्, अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन्।
म्युजिक डटकमले डिजिटल राइट खरिद गरेको फिल्म डोल्पा, जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको हो। प्रचारप्रशारलाई तीव्रता दिँदै निर्माण युनीटले ‘बुलाकी’ को टिजर यही माघ २७ गते सार्वजनीक गर्दैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment