रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान संचालन

डिसी नेपाल
२४ माघ २०७९ ९:०९
32
Shares

काठमाडौँ। रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ। उक्त पुनर्जागरण अभियान यही माघ २३ गते देखि फाल्गुन १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ।

पुनर्जागरण अभियान अन्तर्गत दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखको हकमा मात्र लागू हुने र बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

कुनै पनि बीमालेख व्यतित रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नु पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न ग्राहकवर्गलाई अनुरोध गरेको छ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ। अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको छ।

पुनर्जागरण अभियानबारे थप जानकारीको लागि कम्पनीको टोल फ्री नम्बर १६६० ०१० १४०० अथवा ०१ ५९७ ०४०० मा सम्पर्क गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.