सिङ्गापुर लगायतका देशहरूमा पठाईदिन्छु भन्दै ठगी गर्ने श्रेष्ठ पक्राउ

डिसी नेपाल
२४ माघ २०७९ १४:०८
204
Shares

काठमाडौं । सिङ्गापुर लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला सोलुखुम्बु साविक बेनी गा.वि.स. वडा नं. १ परिवर्तित सोलु दुधकुण्ड न.पा. वडा नं. ७ घर भएका ३० वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

मासिक एक लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी सिङ्गापुर, अफगानिस्तान तथा घाना लगायतको देशमा पुगेपछि पानीजहाज लगायतका कम्पनीहरूमा काम लगाइदिने प्रलोभनमा पारी भीमबहादुर राना समेत ७ जना व्यक्तिबाट ५७ लाख ५० रूपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए।

पीडितहरुको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *