मुखमा सर्प हालेर ‘स्टन्टबाजी’ गर्ने सर्प उद्धारकर्मीको मृत्यु
दिल्ली । जिउँदो विषालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्टबाजी’ गर्दा भारतका एक सर्प उद्धारकर्मीको मृत्यु भएको छ ।
एक स्थानीयको घरमा विषालु सर्प पसेपछि उद्धारका लागि बोलाइएका उत्तर प्रदेश, देवरिया गाउँका सन्तोषकुमार गौतमको ‘स्टन्टबाजी’ गर्दै गर्दा सर्पले डसेर मृत्यु भएको हो ।
समाचार अनुसार सन्तोषले विषालु सर्पलाई पक्रेपछि आफनो मुख नजिक ल्याएर मुखमा हाल्ने तथा निकाल्ने, कहिले चुम्बन गर्ने त कहिले कम्मर र घाँटीमा बेर्ने जस्ता अनेक हर्कत गरिरहेका थिए ।
समातेको सर्पलाई उद्धार गर्नुको सट्टा लामो समयसम्म अनेक हर्कत गरेर गाउँलेलाई देखाईरहेका थिए । सर्प विषालु भएकाले त्यस्तो हर्कत नगर्न स्थानीयले अनुरोध गर्दा पनि उनले ‘स्टन्टबाजी’ गर्न छाडेनन् ।
यसअघि उद्धार गरेर समातेका सर्पहरुलाई खेत तथा जंगलतिर छाड्ने गरे पनि उनले यो सर्पलाई भने जंगल तिर नछाडेर कपडाले बेरेर आफनो घरतर्फ लगे ।
अन्तत: ‘स्टन्डवाजी’ गर्दा गर्दै उक्त सर्पले सन्तोष कुमारलाई डसिहाल्यो । उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिए पनि डाक्टरहरुले उनलाई अन्तत: मृत्यु भएको घोषणा गरिदिएका थिए ।







डिसी नेपाल







Facebook Comment