ओटीटीले नकिन्दा रोकियो सोनमको ब्लाइण्ड

डिसी नेपाल
२५ माघ २०७९ ११:१५
900
Shares

मुम्बई। हिन्दीमा एउटा भनाइ छ, ‘नजर से दूर, तो दिल से दूर। अभिनेता अनिल कपूरकी छोरी सोनमको मामलामा यो भनाइ सही साबित हुँदै गरेको देखिएको छ। सोनामको पछिल्लो दुई फिल्म ‘द जोया फ्याक्टर(२०१९)’ र ‘एक लड्कीको देखा तो ऐसा लगा(२०१८)’ बक्सअफिसमा पूर्ण रुपमा असफल भयो।

यही बीचमा सोनमले विवाह गरिन् र आमा बनिन्। यो तमाम कुराबीच उनले बलिउडमा धेरै समय दिन सकिनन् र त्यसैको परिणाम स्वरुप उनको आगामी फिल्म ‘ब्लाइण्ड’ किन्न कुनै पनि ओटीटी प्लेटफर्म तयार छैनन्। यो फिल्म कोरियन फिल्म ‘ब्लाइण्ड’को अफिसियल रिमेक हो।

यो फिल्म सन् २०२२ मा रिलिज हुनुपर्ने थियो। तर कोरोनाका कारण बक्सअफिसको अवस्था नाजुक थियो। ठूला स्टारको फिल्म पनि असफल भएको बेला निर्माताले ‘ब्लाइण्ड’ रिलिजको जोखिम लिन चाहेनन्। त्यहीकारण उनीहरुले फिल्मलाई ओटीटीमा रिलिज गर्न चाहे।

तर फिल्मका निर्माताले ४० करोडको माग गरेपछि कुनै पनि ओटीटीले त्यो पैसा दिन तत्परता देखाएका छैनन्। उनीहरुले यति धेरै रकम दिनु घाटासँग सम्झौता गर्नु भनेका छन्।

ओटीटी प्लेटफर्महरुले बलिउडका महंगा फिल्मलाई सिधा ओटीटीमा रिलिज नगर्ने मनस्थिति बनाएका छन्। फिल्मको बक्सअफिसको व्यापार हेरेरमात्र ओटीटीको मूल्य तोक्ने उनीहरुको योजना छ । यद्यपि फिल्मका निर्माताहरु ‘ब्लाइण्ड’लाई थिएटरमा लगाउने या नलगाउने भन्ने विषयमा अन्योलमा छन्।

सोनमको हातमा ‘ब्लाइण्ड’बाहेक कुनै पनि फिल्म छैन । ‘ब्लाइण्ड’ एक नेत्रहिन प्रहरी अधिकृतको कथा हो, जो एक सिरियल किलरको खोजीमा हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *