गायिका प्रविशा अधिकारीको ‘परिचय एउटा कथा’मा आकाश

डिसी नेपाल
२५ माघ २०७९ १२:०२
312
Shares

काठमाडौं। गीतकार नमिता दवाडीको ‘परिचय! एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ।

भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको छ । समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टिमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ।

गीतले तेस्रो लिंगीहरुले पनि समाजमा स-सम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन्। भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डाक्टर रमिल अधिकारी र कविता रेग्मीको अभिनय देख्न सकिन्छ।

पछिल्लो पुस्ताका स्थापित तथा व्यस्त निर्देशक प्रकाश धितालको अहिलेसम्मकै भिन्न प्रस्तुतीका रुपमा रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन्।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन्। उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *