नाना पाटेकर भन्छन्- मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु

डिसी नेपाल
२५ माघ २०७९ १५:३२
25.5k
Shares

मुम्बई। ९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो। अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन।

मनिषा र नानाको पहिलो भेट फिल्म ‘अग्निसाक्षी’को सेटमा भएको थियो। सन् १९९६ मा रिलिज यो फिल्ममा मनिषाको उमेर २७ र नानाको उमेर ४५ को थियो । दुवैको उमेरको अन्तरसँगै नाना विवाहित पनि थिए। उनको एक सन्तान थियो। मनिषा र नानाको सम्बन्ध टुट्नुमा नाना नै कारण थिए, किनकी उनी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहँदैन थिए।

मनिषासँग सम्बन्ध टुटेको वर्षौंसम्म पनि नानाले आफ्नो प्रेमलाई बिर्सन सकेनन्। उनले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा मनिषालाई अझै पनि सम्झने गरेको खुलाएका थिए। उनले मनिषालाई कस्तुरी हिरनसँग तुलना गरेका थिए।

‘जब म उसलाई देख्छु तब म आफ्नो आँशु मुस्किलले रोक्छु। ब्रेकअपपछिको समय निकै मुस्किलपूर्ण हुन्छ’, नानाले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *