मेस्सीले टर्की भुकम्प पीडितलाई ३.५ मिलियन युरो सहयाेग गर्ने

डिसी नेपाल
२६ माघ २०७९ १४:५१
1.7k
Shares

काठमाडौँ। चर्चित फुटबलर लियोनेल मेस्सीले टर्की र सिरियाका भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो  सहयोग गर्ने भएका छन्। टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको भक्स न्युजले उल्लेख गरेको छ।

लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो, जसले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ र लियोका जेठा भाइ म्याटियासले युनिसेफ सँगको साझेदारीमा सहयोगका गतिविधिहरू आयोजना गर्छन्। उनले सो रकम युनिसेफसँगको सहकार्यमा टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

टर्की र सिरियामा गएको बिनाशकारी भुकम्पले अहिलेसम्म १५ हजारको ज्यान लिएको छ भने विश्व स्वास्थ्य संगठनले सो भुकम्पमा परी २० हजार जनाको ज्यान गएको प्रक्षेपण गरेको छ। संसारभरवाट टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग जाने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *