स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छः प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
२६ माघ २०७९ २०:३९
5.3k
Shares

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुन सक्ने बताएका छन्।

नयाँ राष्ट्रपतिको विषयलाई लिएर प्रमुख दलहरू, कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र छलफल चलिरहेका बेला प्रचण्डले आज आयोजित पार्टीको भर्चुअल बैठकमा ब्रिफिङ गर्दै उक्त कुरा बताएका हुन्।

प्रचण्डले विगतमा राजनीतिमा सक्रिय व्यक्ति राष्ट्रपति हुँदा दुई तीनपटक दुःख पाइएको बताएको केन्द्रीय सदस्य समिता कार्कीले जानकारी दिइन्।

उनले प्रधानमन्त्रीमा आफूलाई सबै दलले विश्वासको मत दिएर सबैको साझा प्रधानमन्त्रीको रूप दिएको भन्दै त्यो विश्वास नटुट्ने गरी सहमतीय राष्ट्रपति बनाउनुपर्ने बैठकमा बताएका छन्। दलहरूको नामै लिएर प्रचण्डले कांग्रेस, एमाले, माओवादी वा अन्य दलबाट पनि राष्ट्रपति बन्न सक्ने बताएका थिए।

प्रचण्डले पार्टी बैठकमा टुटफुट भएका कम्युनिष्ट पार्टीलाई ध्रुवीकरण गरिने पनि बताएका छन्। उनले सबै कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बैठकमा ब्रिफिङ गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.