अमेरिकाबाट भिष्मको कोसेली ‘अम्खरामा पानी’
काठमाडौँ। गायक भिष्म अधिकारीले आफ्नो डेब्यु गीत ‘अम्खरामा पानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतमा गायक अधिकारीलाई लोकप्रिय गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन्। लोक शैलीको गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ।
यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछाने फिचर्ड छन्। बन्दे प्रसादले सम्पादन गरेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो।
सिमा रेग्मी भिडियोको निर्मात्री हुन्। पेशाले स्ट्रक्चरल इन्जिनियर र व्यवसायी समेत रहेका गायक अधिकारी हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। यसअघि उनको शब्दमा समावेश ‘माया टिकटके’ दर्शक स्रोतामा लोकप्रिय छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment