गायिका सज्जा चौलागाईंको ‘तिमीसँग’

डिसी नेपाल
२७ माघ २०७९ १८:३३
336
Shares

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङ र मास्टरिङ छ ।

प्रशंसा रायमाझी निर्देशित भिडियोमा सज्जाको सोलो अभिनय छ । भिडियोमा घोङबाको छायांकन, सम्पादन र कलर, हिना थापा मगरको मेकअप, सुजनी डिजाइन (सुजनी ठकुरी)को ड्रेस छ ।

भिडियो गायिका सज्जाकै अफिसियल युट्युब च्यानल सज्जा चौलागाईंबाट सार्वजनिक गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.