मासिक पारिश्रमिक बिद्यालयलाई दिने एमाले सांसद सूर्य थापाको घोषणा
काठमाडौं। प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्यूठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिएका छन्।
मल्लरानी गाउँपालिका-२ चुँजा, प्युठानमा अवस्थित अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिएको सांसद थापाले घोषणा गरेका हुन्। बिद्यालयको स्वर्ण महोत्सव सहभागी सांसद थापाले सो घोषणा गरेका हुन्।
थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलव्ध गराउने बताए। विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न थापाले आग्रह गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment